शनिबार, साउन ३०, २०८३

बर्दियामा घरको बार्दली भत्किदा १ को मृत्यु, २ घाईते

बर्दिया सदरमुकाम गुलरीयामा घरको बार्दली भत्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

गुलरीया- बर्दिया सदरमुकाम गुलरीयामा घरको बार्दली भत्किदा १ जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन्।

गुलरीया नगरपालिका–५ मा घरको बार्दली भत्किदा घरमुली ६० वर्षीया भविप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। सडक बिस्तारका क्रममा भत्किएको घरको अगाडीपट्टीको भाग मर्मत गर्नेक्रममा बार्दली भत्किएर उनको मृत्यु भएको हो।

गम्भिर घाईते पौडेललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

घर मर्मतमा खटिएका बढैयाताल गाउँपालिका–९ का ३३ वर्षीय मनकराम थारु र नबराज चौधरी गम्भिर घाईते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको ओलीले जानकारी दिए। अन्य दुई कामदारको भने प्रहरीले सकुशल उद्धार गरेको छ।

 

 

प्रकाशित: Nov 06, 2019| 06:26 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।