काठमाडौं- उपनिर्वाचनमार्फत रिक्त स्थानमा जनप्रतिनिधि चयनको तयारी हुँदै गर्दा बहालवाला केही स्थानीय जनप्रतिनिधि भने विवादमा तानिएका छन्। विवादमा तानिनेमा सबैभन्दा लामो सूची वडाध्यक्षको छ।
जनताको सेवा गर्छु र गाउँमा विकास निर्माण गर्छु भन्ने बाचा गरेका वडाध्यक्ष नै गैरकानुनी काम गरेको अभियोगमा धमाधम पक्राउ पर्न थालेका छन्। कोही घूस लिएको आरोपमा त कोही तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।
अधिकांश घूस लिएको आरोपमा परेका छन् । यस्तै केही वडाध्यक्ष चेलिबेटी बेचबिखन, सुन तस्करी, विद्युत चोरी, मूर्ति चोरीदेखि व्यक्ति कुटेको आरोपमा पक्राउ परेका छन् ।
देशभरका ६ हजार ७ सय ४३ वडाका वडाध्यक्षमध्ये दुई दर्जनभन्दा बढी पक्राउ परेका छन् । केहीविरुद्ध त मुद्दासमेत चलेको छ ।
यी हुन् पक्राउ परेका वडाध्यक्षहरु
मोहमद रफिक आलम
तह : महोत्तरी, भगाहा नगरपालिका–८
आरोप : १ लाख ६० हजार घूस लिएको
मिति : २०७६ साउन २८
जिवछप्रसाद यादव
तह : महोत्तरी, एकडारा गाउँपालिका–४
आरोप : ३६ हजार घुस लिएको
मिति : २०७६ जेठ १७
रामजीप्रसाद बराई
तह : बारा, गढिमाई नगरपालिका–६
आरोप : ७५ हजारलाई घुस लिएको
मिति : २०७६ जेठ २१
सिल्टु मिया
तह : सप्तरी, सुरुङ्गा नगरपालिका–५
आरोप : २५ हजार रुपैयाँ घुस लिएको
मिति : २०७६ वैशाख १६
हकिम मियाँ
तह : सिरहा, लहान नगरपालिका–१९
आरोप : सुन तस्करी
मिति : २०७५ पुस २८
कर्मा गुरुङ
तह : डोल्पा, डोल्पोबुद्घ गाउँपालिका–५
आरोप : बुद्ध मूर्ति चोरी
मिति : २०७५ पुस २६
सुनबहादुर तामाङ
तह : नुवाकोट, दुप्चेश्वर गाउँपालिका– १
आरोप : चेलिबेटी बेचबिखन
मिति : २०७४ पुस ६
रणबहादुर थापा
तह : कास्की पोखरा महानगरपालिका–१८
आरोप : तिब्बती शरणार्थीलाई नागरिकता दिएको
मिति : २०७६ साउन २४
विजयकुमार सिंह
तह : महोत्तरी, जलेश्वर नगरपालिका–८
आरोप : महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएको
मिति : २०७४ कात्तिक २६
खगेन्द्र राई
तह : खोटाङ, केपिलासगढी गाउँपालिका–५
आरोप : व्यक्ति कुटपिट गरेको
मिति : २०७६ भदौ १
मीनराज राना
तह : प्युठान, स्वर्गद्वारी नगरपालिका–२
आरोप : व्यक्ति कुटपिट
मिति : २०७४ असार २९
श्रवणकुमार चौधरी
तह : सुनसरी, इटहरी उपमहानगरपालिका–१५
आरोप : जुवातास खेलेको
मिति : २०७६ असार १८
तिलक न्यौपाने
झापा, मेचीनगर नगरपालिका–२
आरोप : मापसे गरेर कार्यालय गएको
मिति : २०७४ चैत १४
नारायण श्रेष्ठ
तह : गोरखा, भीमसेन गाउँपालिका–७
आरोप : स्वाथ्यचौकी निर्माणमा ढिलाइ
मिति : २०७५ जेठ १५
रामेश्वर राय यादव
तह : रौतहट, गरुडा नगरपालिका–७
आरोप : विद्युत् चोरी
मिति : २०७४ चैत २
नारायण लम्साल
तह : काभ्रे, मण्डनदेउपुर नगरपालिका–७
आरोप : विद्युत् चोरी
रामानन्द चौधरी
तह : सप्तरी, तिरहुत गाउँपालिका–५
आरोप : विद्युत् चोरी
पहाडी थारू
तह : बर्दिया, मधुवन नगरपालिका–२
आरोप : विद्युत् चोरी
बलदेव यादव
तह : विराटनगर महानगरपालिका–१४
आरोप : कर्तव्य ज्यान मुद्दा (समानन्द यादवको हत्या आरोप)
सञ्जय साह
तह : विराटनगर महानगरपालिका–१८
आरोप : कर्तव्य ज्यान मुद्दा (समानन्द यादवको हत्या आरोप)
प्रदीप चन्द यादव
तह : जदाह गाउँपालिका– १
आरोप : कर्तव्य ज्यान मुद्दा ९समानन्द यादवको हत्या आरोप०
अजय लुइँटेल
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८
आरोप : आफ्नै सहकर्मी कुटेको