शनिबार, साउन ३०, २०८३

अपहरणकारीलाई गोली हानी बालकको सकुशल उद्धार

काभ्रेबाट अपहरित वालकलाई प्रहरीले पर्साको वीरगञ्जबाट शकुशल उद्धार गरेको छ। प्रहरीले एकजना अपरहणकारीलाई गोली हानेर नियन्त्रणमा लिएको
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

पर्सा- काभ्रेबाट अपहरित वालकलाई प्रहरीले पर्साको वीरगञ्जबाट शकुशल उद्धार गरेको छ।

प्रहरीले एकजना अपरहणकारीलाई गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ। मंगलवार राति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा फिरौती माग्दै गरेको अवस्थामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई गोली हानेर नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिए। दासको दाहिने खुट्टामा गोली लागेको छ ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। घट्ना बारे बिस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिने पनि उनले बताए।

प्रकाशित: Nov 06, 2019| 03:59 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।