शनिबार, साउन ३०, २०८३

प्रचण्ड भन्छन्- 'दाङ बन्छ प्रदेश ५ को राजधानी'

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सुझाव दिएका छन् । मुख्यमन्त्री शंखर पोखरेललाई साक्षी राख्दै प्रचण्डले
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

दाङ- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन सुझाव दिएका छन् ।

बुधबार दाङमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शंखर पोखरेललाई साक्षी राख्दै प्रचण्डले प्रदेश ५ को राजधानी दाङलाई नै बनाउनु पर्नेमा जोड दिएका हुन् । उनले भने- 'सबैका लागि पायक पर्ने र सेन्टर क्षेत्र दाङ नै हुन्छ । त्यसकारण यसलाई प्रदेश ५ राजधानी बनाउनु पर्छ ।'

हाल रहेको अस्थायी राजधानी बुटलब बाँकेलगायतका क्षेत्रका नागरिकका लागि अपायक रहेको उनको टिप्पणी छ । 'प्रदेश ५ का जनताको मनोभाव पनि दाङ नै राजधानी बनोस भन्ने छ । त्यसैलाई राजधानी बनाउनु पर्छ ।' उनले भने ।

प्रचण्डले दाङलाई राजधानी बनाउँदा अन्य कोणबाट समेत फाइदा हुने दाबी गरे । उनले भने– 'यो परिवर्तनका लागि लडेकाहरुको भूमि हो । हिजोको आन्दोलनमा यो क्षेत्रका हजारौं नागरिक उर्लिएका थिए । उनीहरुको योगदानको कदर गर्न पनि दाङलाई राजधानी बनाउनु पर्छ ।'

प्रचण्डले दाङलाई राजधानी बनाउनु पर्नेमा जोड दिदै गर्दा मुख्यमन्त्री शंखर पोखरेल मुस्काउँदै कानेखुसी गर्दै थिए । मुख्यमन्त्री पोखरेल पनि दाङलाई नै राजधानी बनाउनु पर्ने पक्षमा छन् । पोखरेलको निर्वाचन क्षेत्र दाङ नै हो ।

प्रकाशित: Nov 06, 2019| 03:40 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।