शनिबार, साउन ३०, २०८३

रक्सी बेच्ने र खाने दुबैलाई कारवाही गरिने

डाेटीको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ ।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

डोटी- जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ ।

सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु १० हजार र खानेलाई रु पाँच हजार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । उनले भने, “वडाको निर्णय अटेर गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ ।”

वडामा मदिराका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको वडाध्यक्ष शाहीले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन् । यो वर्ष मात्रै मदिराका कारण कम्तीमा पनि एक दर्जन घटना भइसकेका प्रहरीको तत्थयाङ्कमा उल्लेख गरिएको छ ।

मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भइरहे पनि गाउँमा लुकीछिपी बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको प्रहरीको भनाइ छ । रासस

प्रकाशित: Nov 06, 2019| 02:57 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।