शनिबार, साउन ३०, २०८३

'सरकार! भारतीय नक्सामा ध्यान जाओस्'

नेपाली कांग्रेसले दिल्लीबाट जारी भएको भारतको नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - नेपाली कांग्रेसले दिल्लीबाट जारी भएको भारतको नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै गरिएको ट्विटमा प्रवक्ता शर्माले लेखेका छन्, 'दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ ! सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस्। नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ!'

यसैबीच नेकपाका नेता भिम रावललेसमेत यसबारे सरकारले आपत्ति जनाउनुपर्ने बताएका छन्। उनले यसबारे छलफल गर्न नेकपाले स्थायी कमिटी र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनुपर्ने बताएका छन्।

'नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ। यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ। भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो।', रावलले गरेको ट्विटमा उल्लेख छ।

भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ। दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ। यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो।

प्रकाशित: Nov 05, 2019| 14:56 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।