शनिबार, साउन ३०, २०८३

संघीयता बलियो बनाउन योगदान दिन सकेंः उमाकान्त झा

सरकारले प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेपछि प्रदेश–५ का तत्कालीन प्रमुख उमाकान्त झाले प्रेस विज्ञप्ति जारी गरी आफ्नो कार्यकालमा संघीयताको प्रभावकारी कार्यान्वयनको सुरुवात गर्नु महत्वपूर्ण कार्य भएको बताएका छन् ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

भैरहवा– सरकारले प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेपछि प्रदेश–५ का तत्कालीन प्रमुख उमाकान्त झाले प्रेस विज्ञप्ति जारी गरी आफ्नो कार्यकालमा संघीयताको प्रभावकारी कार्यान्वयनको सुरुवात गर्नु महत्वपूर्ण कार्य भएको बताएका छन् ।

सरकारले सोमबार मात्रै प्रदेश– ५ को प्रमुखमा धर्मनाथ यादवलाई नियुक्त गरेको छ ।

२०७४ माघ ५ गतेदेखि प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका झाले २२ महिनाको आफ्नो कार्यकाल निकै महत्वपूर्ण भएको बताएका छन् ।

उनले भनेका छन्, “मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्न मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवं प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवं राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरूलगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, ।”

भर्खरै विदा भएका झा नेपाल सरकारका पूर्व सचिव हुन् ।

नवनियुक्त प्रमुख यादव सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।

२००० सालमा सिरहाको सुखिपुर नगरपालिका–६ खरही टोलमा जन्मिएका यादव त्यसक्षेत्रमा इमान्दार नेताको रुपमा चिनिन्छन् ।

सिरहाको चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका यादवले आईए सम्म अध्ययन गरेका छन् ।

प्रकाशित: Nov 05, 2019| 14:40 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।