शनिबार, साउन ३०, २०८३

गोरखा भूकम्पपछि ५३५ परकम्प

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा माथिका ५३५ परकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन्।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराई नेपाल भूकम्पको उच्च जोखिमको क्षेत्र रहेको बताउँछन्। “ठूलो भूकम्पपछि बेलाबेलामा आउने परकम्पका कारण ठूलो भूकम्पको जोखिम कम हुन्छ”, उनले भने। चार रेक्टरस्केलभन्दा साना ५० हजारभन्दा बढी परकम्प गएको भट्टराईले बताए। गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको सो भूकम्पले काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पुर्‍याएको थियो।

भूकम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो। पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रेक्टरस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ। रासस

प्रकाशित: Nov 05, 2019| 13:30 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।