शनिबार, साउन ३०, २०८३

सकिएन आलमको बयान, बुधबार पुन: लिइने

रौतहटमा आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोग लागेका निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान मंगलबार नसकिएपछि पुनः बुधबार लिइने भएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - रौतहटमा आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोग लागेका निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान मंगलबार नसकिएपछि पुनः बुधबार लिइने भएको छ। रौतहटका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको बयान लिइएको थियो।

बयान नसकिएपछि बुधबार बिहान १० बजे बयानका लागि आलमलाई पुन: बोलाइएको अदालतले जनाएको छ। समय अभावका कारण मंगलबार बयान नसकिएकोले बुधबारको लागि बोलाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। उनले भने, 'आलमका पक्षमा बहस गर्ने कानुन व्यवसायीले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनु पर्ने तथा उनलाई काउन्सिलिङका लागि केही समय दिन माग गरेपछि बयान केहीबेर रोकिएकाले आज समय अभाव भयो।'

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोग लागेको छ। मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई जन्मकैदको माग दाबी सहित रौतहट जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको थियो ।

२७ चैत ०६४ मा रौतहट राजपुर फरहदवा-४ सेख इद्रिस खालिहानको गोठमा भएको बम विस्फोटमा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह, ओसी अख्तरसहितका युवालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो।

 

प्रकाशित: Nov 05, 2019| 12:40 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।