शनिबार, कात्तिक २९, २०८२

ऐतिहासिक फिल्म 'पानीपत'को ट्रेलर सार्वजनिक

बलिउड फिल्म 'पानीपत'को ट्रेलर सार्वजनिक गरिएको छ। ऐतिहासिक पानीपतको तेस्रो युद्धमा आधारित फिल्म डिसेम्बर ६ देखि प्रदर्शनमा आउने भएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - बलिउड फिल्म 'पानीपत'को ट्रेलर सार्वजनिक गरिएको छ। ऐतिहासिक पानीपतको तेस्रो युद्धमा आधारित फिल्म डिसेम्बर ६ देखि प्रदर्शनमा आउने भएको छ।

National life

ट्रेलरमा मराठा साम्राज्यको भव्यता र उनीहरुले देशको रक्षाका लागि प्रदर्शन गरेको विरतालाई प्रस्तुत गरिएको छ। आशुतोष गवारिकरद्वारा निर्देशित फिल्ममा अर्जुन कपूर, संजय दत्त, कृति सैनन, पद्मिनी कोल्हापुरी, मोहनीश बहल आदिको अभिनय रहेको छ।

फिल्ममा अर्जुन कपूर मराठा योद्धा सदाशिव राव भाऊ को रोल निभाउँदै छन् भने संजय दत्‍त अफगानिस्तानी दुर्रानी वंश का राजा अहमद शाह अबदाली को भूमिकामा देखिनेछन्।

पानीपत युद्धमा की अहमद शाह अबदालीले मराठालाई हराएका थिए। यस ऐतिहासिक युद्धमा करिब ४० हजार मराठाहरुको ज्यान गएको थियो।

यसैबीच फिल्मको ट्रेलर सार्वजनिक भएलगत्तै केही दर्शकहरुले यसको आलोचना गरेका छन्। उनीहरुले यस फिल्मलाई संजय लिला भन्सालीद्वारा निर्देशित पद्मावत र बाजीराव मस्तानीको नक्कल उतारेको आरोप लगाइरहेका छन्। उनीहरुले फिल्ममा प्रस्तुत गरिएका चरित्र, दृष्य, संवाद सबै पद्मावत र बाजीराव मस्तानीसँग मिल्दोजुल्दो रहेको बताएका छन्।

Laxmi sunrise bank
kumari

हेर्नुस् ट्रेलर

प्रकाशित: Nov 05, 2019| 11:20 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्