सोमबार, चैत २, २०८२

४१ अण्डा खाँदा गयो ज्यान

भारतको उत्तर प्रदेशमा बाजी थापेको अण्डा खाँदाखाँदै एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

जाउनपु (भारत) - भारतको उत्तर प्रदेशमा बाजी थापेको अण्डा खाँदाखाँदै एक जनाको मृत्यु भएको छ।

National life

भारतीय प्रहरीले जनाएअनुसार उत्तर प्रदेशको जाउनपुर जिल्लामा ५० वटा अण्डा खाने बाजी लगाएकोमा ४२ औं अण्डा खाँदैगर्दा ४२ वर्षीय सुवास यादवको सोमबार मृत्यु भएको हो।

प्रहरीका अनुसार यादव र उनका साथीहरुबीच विवाद भइरहेको बेलामा बिबिगन्ज मार्केटमा अण्डा खाने बाजी राखिएको थियो। यादवले सोही क्रममा आफूलाई दुई हजार रुपैयाँ दिए ५० अण्डा खाने बाजी राखेका थिए।

साथीहरुले उसिनेको ५० वटा अण्डा ल्याएर यादवलाई खान दिएका थिए। ४१ अण्डा उनले राम्रैसँग खाएको र ४२ औं अण्डा खानका लागि मुखमा राख्दै गर्दा उनी बेहोस भएका थिए।

उनलाई तत्कालै नजिकको क्लिनिकमा लगिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको र केही घण्टामै उनको ज्यान गएको प्रहरीले जनाएको छ। चिकित्सकले धेरै अण्डा खाएर यादवको मृत्यु भएको जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 05, 2019| 10:54 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।