शनिबार, साउन ३०, २०८३

गुड्डु सिंहका दुई नागरिकता, थप अपराध खुल्दै

प्रहरीका अनुसार थुप्रै अपराधिक क्रियाकलापमा संलग्न सिंह पक्राउ परेपछि उनीबाट सताइएकाहरु प्रहरीसमक्ष आउन थालेका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६


काठमाडौं
भारतबाट अवैध माछा ल्याउँदै गर्दा पक्राउ परेका व्यापारीलाई छुटाईदिने भन्दै रकम असुलेको आरोपमा कैलालीे प्रहरीले असोज २९ गते ७ जनालाई पक्राउ गर्‍यो।


पक्राउ पर्ने मध्येका एक थिए अमित सिंह। उनको अनुहार र नागरिकताको उमेर हेर्दा कैलाली प्रहरी प्रमुख सुदीप गिरी छक्क परे। शंका लागेपछि प्रहरीले उनीबारे थप अुसन्धान थाल्यो।

उनको साथमा रहेको नागरिकतामा नाम: सुमित सिंह । उमेर: २९ वर्ष । जन्म मिति: २०४८ साल असार २९ गते । नागरिकता लिएको मिति: २०६७ जेठ २० गते । नागरिकता नम्बर: ६७१०२०/२७६७ थियो।  ठेगाना धनगढी नगरपालिका–२ बैयाबेहडी उल्लेख गरिएको उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी गरिएको र नागरिकतामा प्रशासकीय अधिकृत बसन्त कनौजियाको हस्ताक्षर छ।

‘अनुसन्धान गर्दै जाँदा सिंहको साथमा रहेको नागरिकतामा उल्लेख भएको सबै विवरण झुट भएको देखियो’ एसपी गिरीले भने,‘सिंहको वास्तविक उमेर ४१ वर्ष र नाम अमित रहेको खुलेको छ’।

गिरीका अनुसार अनुसार सिंहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पनि नागरिकता लएिको खुलेको छ ।

२०५४ चैत ७ गते कञ्चनपुरबाट लिएको नागरिकतामा उनको नाम अमित प्रताप सिंह छ। ठेगाना कञ्चनपुर जिल्ला झलारी गाविस– ४ उल्लेख छ। ४०४७८७७ नम्बरको उक्त नागरिकतामा जन्म मिति २०३५ साल पुष २२ गते उल्लेख छ।

प्रहरीका अनुसार सिंहले पछिल्लो पटक लिएको नागरिकताका आधारमा राहदानी र सवारी चालक अनुमति पत्र समेत लिएका छन् ।

‘प्रारम्भिक अनुसन्धानबाट दुई वटा नागरिकता लिएको भेटिएपछि विस्तृत जानकारीका लागि दुबै जिल्ला प्रशासनलाई लेखिपठाएका छौं,’ गिरीले भने, ‘दुई वटा नागरिकता दिनमा क–कसको संलग्नता छ भन्ने बारेमा पछि मात्र खुल्छ।’

गिरीका अनुसार थुप्रै अपराधिक क्रियाकलापमा संलग्न सिंह पक्राउ परेपछि उनीबाट सताइएकाहरु प्रहरीसमक्ष आउन थालेका छन्। उनले भने, ‘थुप्रै व्यक्तिसँग सिंहको लेनदेन रहेको देखिएको छ।’

प्रहरीले उनीमाथि ठगी गरेको, झुटा बिवरण पेश गरी नागरिकता लिएको, दोहोरो नागरिकता बोकेको अपराधमा मुद्दा चलाईएको छ। हाल उनी प्रहरी हिरासतमा छन्।

झुटो बिवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गर्ने निकाय, अभिभावक र नागरिकता दिने प्रशासकीय अधिकृतमाथि समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

सिंहको अपराधिक यात्रा
धनगढीमा गुड्डु सिंहका नामले परिचित सिंहले धनगढी चौराहामा २०६१ साल साउन ३ गते अन्नपूर्ण होटलका मालिक राजेन्द्र सिंह बिष्टको चक्कु प्रहार गरी हत्या गरेको आरोप लाग्यो ।

त्यसपछि चार वर्ष फरार रहेका उनी २०६५ साल चैत्र २१ गते बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। तर, २०६६ असार २३ गते जिल्ला अदालतका न्यायाधीश न्यायधिश बीरसिंह महराको इजलासले उनलाई सफाई दियो। उनले तत्कालीन पुनरावेदन अदालतबाट पनि सफाइ पाए ।

सिंहले कैलालीबाट दोस्रो नागरिकता लिने बेला पुनरावेदन अदालतमा अमित प्रताप सिंहका नाममा मुद्दा चलिरहेकै थियो। उनले आफूमाथि लागेको दाग र पुरानो पहिचान मेटाउन नयाँ नामबाट नागरिकता लिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गुड्डुले व्यवसायीहरुसँग रकम असुल्ने, उनीहरुलाई धम्काई व्यवसायमा साझेदारी लिने, सीमापार तस्करी गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनका साझेदार तथा सहयोगी भारतीय नागरिक शेख मुनिर अहमदका सम्बन्धमा पनि अनुसन्धान भईरहेको जनाएको छ।

मुनिरमाथि २०७१ सालमा सार्वजनिक अपराधमा मुद्दा समेत चलेको थियो। उनी धनगढीस्थित बालाजी कन्सट्रक्सन, एस सप तथा एस पोल्ट्रिका सञ्चालक समेत हुन्।

प्रकाशित: Nov 05, 2019| 04:03 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।