शनिबार, साउन ३०, २०८३

घाँटी रेटी श्रीमतीको हत्या

पर्सामा एक जनाले श्रीमतीको घाँटी रेटी हत्या गरेका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं - पर्सामा एक जनाले श्रीमतीको घाँटी रेटी हत्या गरेका छन्।

जिल्लाको जिराभवानी गाउँपालिका-३ परसवाका २८ वर्षीय केदार भन्ने रामबाबु हजराले १९ वर्षीया निपुदेवीको हत्या गरेका प्रहरीले जनाएको छ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सालीको गौनामा सहभागी हुन श्रीमतीलाई लिएर भारतको बेतिया जिल्ला बरवा पञ्चायत-१० भंगवा थानास्थित ससुराली हिँडेका केदारले आइतबार बाटैमा श्रीमतीको हत्या गरेको जानकारी दिए।

राठौरका अनुसार बाटोमा उनीहरुबीच विवाद हुँदा केदारले चक्कु किनेर ओरिया खोलाको छेउमा रहेको वनतुलसीको झाडीमा लगेर घाँटी रेटेर हत्या गरेको खुलेको छ। हत्यापछि निपुको शवलाई त्यहीँ फालेर हिँडेका केदार श्रीमती हराइन भन्दै खोजी गर्दै हिँडेका थिए। ससुरा कपिललाई पनि आफू पेट्रोल लिन जाँदा निपुले छोडेर भागिन भनेको राठौरले जानकारी दिए।

खोजविन गर्ने क्रममा शव भेटिएको भन्दै उनले नै प्रहरीलाई खबर गरेको बुझिएको छ। केदारले आफैले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। मोटरसाइकलमा पेट्रोल सक्कियो, म पेट्रोल लिएर आउँछु भन्दै श्रीमतीलाई त्यहीँ छाडेर गएको र बाघमोर्चा चोकबाट आएका उनले १५ रुपैयाँमा चक्कु किनेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

केदारले आफू काममा बाहिर निस्केको बेला अरु केटासँग कुराकानी गरेको भन्दै श्रीमतीसँग झगडा गर्ने गरेको र त्यही विषयमा बाटोमा विवाद हुँदा आवेशमा आएर हत्या गरेको स्वीकारेका छन्। प्रहरीले केदारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

प्रकाशित: Nov 05, 2019| 08:22 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।