शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न गएका शिक्षक पक्राउ

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न गएका शिक्षक पक्राउ

प्रदेश २ स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न शिक्षक पक्राउ परेका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

जनकपुरधाम– प्रदेश २ स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न शिक्षक पक्राउ परेका छन्।

सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा ताल्चा लगाउन गएका ४३ जना अस्थायी शिक्षक पक्राउ परेका हुन्।

मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीलाई भित्र छिर्न नदिन धर्ना तथा तालाबन्दी गर्न खोजेका आन्दोलनरत अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको हो।

मुख्यमन्त्री कार्यालयको गेटमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ४३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जनाएका छन्। पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

जागिरबाट हटाइएका अस्थायी शिक्षकले पूर्ववत् काममा राख्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन्। यसअघि उनीहरुले सोमबार मुख्यमन्त्री कार्यालयअगाडि आधा घण्टा चक्का जाम गरेर प्रदर्शन गरेका थिए।

अस्थायी शिक्षकहरुले २० असारदेखि २० साउनसम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए। माग सम्बोधन गर्नबारे प्रदेश सरकारले आश्वासन दिए पनि कुनै पहल नभएपछि बाध्य भएर पुनः आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन्।

प्रकाशित: Nov 05, 2019| 07:43 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।