शनिबार, साउन ३०, २०८३

काभ्रेको नमोबुद्धमा दम्पती मृत फेला

काभ्रेको नमोबुद्ध नगरपालिका-८ मा एक दम्पती घरभित्रै मृत फेला परेका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- काभ्रेको नमोबुद्ध नगरपालिका-८ मा एक दम्पती घरभित्रै मृत फेला परेका छन्।

प्रहरीका अनुसार ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनको पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठ मृत अवस्थामा फेला परेका हुन्। काभ्रेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाले श्रेष्ठ दम्पती आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको पुष्टि गरे।

आफ्नै घरमा किराना पसल संचालन गर्दै आएका श्रेष्ठ दम्पती बिहान अवेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको सापकोटाले बताए। ‘ढोका खोलेर हेर्दा दम्पति मृत अवस्थामा देखिन्छन्,’ सापकोटाले भने, ‘अनुसन्धानका लागि कुकुर मगाइएकोले भित्र छिरेका छैनौ।’

सापकोटाले कोठामा बियरका बोटल फुटेको भए पनि घटनाको कारणबारे कुकुरले अनुसन्धान गरेपछि मात्र खुल्ने जानकारी दिए।

प्रकाशित: Nov 05, 2019| 06:35 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।