काठमाडौं- सातै प्रदेशका प्रदेश प्रमुखले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुखले शपथ लिएका हुन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
सरकारले सबै प्रदेशमा सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो। प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्त छन्।