शनिबार, कात्तिक २९, २०८२

१० करोड क्लबमा सात नेपाली चलचित्र

निर्माण पक्षको दाबीलाई आधार मान्दा अहिलेसम्म सात चलचित्र १० करोड क्लबमा प्रवेश गरेका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- केही वर्षअघिसम्म नेपाली चलचित्रले करोड रूपैयाँ ‘ग्रस कलेक्सन’ गर्न सक्ने अवस्था थिएन। तर, अहिले अवस्था फेरिएको छ। नेपाली चलचित्र १० करोड रूपैयाँ ग्रस कलेक्सन गर्न थालेका छन्।

National life

निर्माण पक्षको दाबीलाई आधार मान्दा अहिलेसम्म सात चलचित्र १० करोड क्लबमा प्रवेश गरेका छन्। ‘कोहिनुर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’, ‘छक्का पन्जा ३’, ‘शत्रु गते’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ यसको सूचीमा छन्।

नायक श्रीकृष्ण श्रेष्ठ (स्वर्गीय) र नायिका स्वेता खड्का अभिनित चलचित्र ‘कोहिनुर’ १० करोड क्लबको सूचीमा पुग्ने पहिलो चलचित्र हो । चलचित्रले १० करोड रूपैयाँ ‘ग्रस कलेक्सन’ गरेको निर्माण पक्षको दाबी छ। यद्यपि, यसको ‘ग्रस कलेक्सन’बारे विवाद छ।

निर्माण पक्षका अनुसार चलचित्र ‘छक्का पन्जा’ले १६ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको दोस्रो सिरिज ‘छक्का पन्जा २’ले १४ करोड रूपैयाँ संकलन गरेको निर्माण पक्षको दाबी छ। यस्तै, ‘छक्का पन्जा ३’ले भने १७ करोडभन्दा बढीको कारोबार गरेको छ।

चलचित्र ‘शत्रु गते’ले भने १२ करोड ‘ग्रस कलेक्सन’ गरेको निर्माण पक्षको दाबी छ। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले भने ११ करोड रूपैयाँ संकलन गरेको छ। निर्माण पक्षले पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको थियो।

Laxmi sunrise bank
kumari

चलचित्र ‘छ माया छपक्कै’ले रिलिज भएको १७ दिनमा १२ करोडभन्दा बढीको कारोवार गरेको निर्माताको दाबी छ।

मल्टिप्लेक्सको वृद्धि, राम्रा चलचित्र र ब्यानरमाथि दर्शकको विश्वासले चलचित्रको बजार बढेको जानकार बताउँछन्।

प्रकाशित: Nov 05, 2019| 04:30 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्