शनिबार, साउन ३०, २०८३

हुम्लामा सीता र समिटको उडान बन्द, यात्रु मर्कामा

निजी विमान कम्पनीले उडान बन्द गरेपछि हिमाली जिल्ला हुम्लाका यात्रु मर्कामा परेका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

हुम्ला- निजी विमान कम्पनीले उडान बन्द गरेपछि हिमाली जिल्ला हुम्लाका यात्रु मर्कामा परेका छन्। उडान बन्द हुँदा हवाई टिकट पाउनै मुस्किल भएको सर्वसाधारणको दुखेसो छ।

नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले सातादेखि र समिट एयरलाइन्सले दुई दिनदेखि उडान बन्द गरेको छ ।

तारा एयरलाइन्सले भने दैनिक एक उडान गरिरहेको छ। तर, त्यसमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रुको गुनासो छ। टिकटका लागि बिहानैदेखि विमानस्थलमा लाइन लागे पनि नपाइएको उनीहरूको दुखेसाे पाेख्छन्। 

काठमाडौंमा अहेब अध्ययन गरिरहेका स्थानीय गोरख तामाङले चार विमान कम्पनीका कार्यालय पुग्दा पनि टिकट नपाएको गुनासाे पोखे।

सिमकोट गाउँपालिका-२ का प्रेम भण्डारीको पनि उस्तै दुखेसो छ। गत सातादेखि सिमकोट विमानस्थलमा टिकटका लागि धाउँदा पनि नपाएको उनी बताउँछन्।

अर्का स्थानीय जनक सुनार टिकटका लागि कुर्नुपरेपछि सिमिकोट आएको यात्रुको पैसा होटलमा बस्न र खानमै सकिने गरेको बताउँछन्।

सीता, तारा र समिट एयरलाइन्सले सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरे पनि पालना गरेका छैनन्।

सिमकोट विमानस्थल प्रमुख गौरीशंकर शाहले निजी एयरलाइन्सले नियमानुसार साताको एक उडान भरिरहेको बताए। नेपाल एयरलाइन्सले भने सातामा तीन उडान गर्ने सहमति गरे पनि दुई उडान मात्रै गरिरहेको उनले जानकारी दिए।

रासस

प्रकाशित: Nov 05, 2019| 02:40 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।