शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उदयपुरमा जिप पल्टियो, प्रदेशसभा सदस्य र उपप्रमुख गम्भीर घाइते

उदयपुरमा जिप पल्टियो, प्रदेशसभा सदस्य र उपप्रमुख गम्भीर घाइते

दयपुरमा भएको जिप दुर्घटनामा परी प्रदेशसभा सदस्य र गाउँपालिकाका उपाध्यक्ष गम्भीर घाईते भएका छन्। चौदण्डी-७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

उदयपुर- उदयपुरमा भएको जिप दुर्घटनामा परी प्रदेशसभा सदस्य र गाउँपालिकाका उपाध्यक्ष गम्भीर घाईते भएका छन्।

चौदण्डी-७ को भुल्के भन्ने स्थानमा जीप दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप विराटनगरबाट गाईघाट आउने क्रममा सोमबार साँझ दुर्घटना भएको हो।

घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

बुढामगरका अनुसार, जिप चालक योगेश चौधरीको अवस्था भने सामान्य छ। जीप अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 05, 2019| 02:38 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।