शनिबार, साउन ३०, २०८३

नयाँ प्रदेश प्रमुखहरु नियुक्त, सपथ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखको नियुक्ती गरेकी छन्। सरकारले नयाँ सिफारिस गरेर पठाएका प्रदेश प्रमुखलाई राष्ट्रपतिले सोमबार साँझ नियुक्त गरेकी राष्ट्रपतिको कार्यालय जानकारी दिएको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखको नियुक्ती गरेकी छन्।

सरकारले नयाँ सिफारिस गरेर पठाएका प्रदेश प्रमुखलाई राष्ट्रपतिले सोमबार साँझ नियुक्त गरेकी राष्ट्रपतिको कार्यालय जानकारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सात वटै प्रदेश प्रमुखका लागि नेकपाबाट आएका नाम अनुमोदन गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहण मंगलबार हुनेछ। राष्ट्रपति कार्यालयमा मंगलबार विहान साढे ८ बजे सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

सोमबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको थियो।

मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्वर १, प्रदेश  २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको थियो।

  

प्रकाशित: Nov 04, 2019| 14:54 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।