शनिबार, साउन ३०, २०८३

सुकुटे बस दुर्घटना अपडेट : मृतकको संख्या १९ पुग्यो

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो। आज सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएपछि मृतकको संख्या बढेको हो।

आइतबार मृत्यु हुनेमा पुरुष एक, महिला सात, बालक ६ तथा तीन बालिकाको मृत्यु भएको थियो। आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकामा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो। बसमा ६० भन्दाबढी यात्रु सवार रहेको अनुमान गरिएको छ। बस सडकबाट १०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो।

प्रकाशित: Nov 04, 2019| 14:23 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।