शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संघीय प्रणालीमाथि आक्रमण नगर्न सरकारलाई निधिको चेतावनी

संघीय प्रणालीमाथि आक्रमण नगर्न सरकारलाई निधिको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयता मास्नतर्फ उद्यत रहेको भन्दै संघीय प्रणालीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

जनकपुरधाम- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयता मास्नतर्फ उद्यत रहेको भन्दै संघीय प्रणालीमाथि आक्रमण नगर्न चेतावनी दिएका छन्।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको जब्दीमा सोमबार आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति निधिले सरकारको हरेक कदम संविधान र संघीयताविपरित रहेको दोहर्याए।

‘पण्डितलाई मस्जिद र मौलानालाई मन्दिरमा राखिदिए दुबै ठाउँको व्यवस्था बिग्रिन्छ,’ निधिले भने, ‘अहिले त्यस्तै भएको छ। संघीयता र लोकतन्त्र नरुचाउनेहरुको हातमा सत्ता पुगेको छ।’ वर्तमान सरकारको कारण संविधान र संघीयतामाथि खतरा आइपरेको उनको आरोप थियो।

सयौं नेपाली जनताको बलिदानको बलमा मुलुकमा संघीयता स्थापना भएको भन्दै उनले संघीयताविरोधी हुने कुनै कदम जनतालाई सह्य नहुने बताए।

सरकारले आफ्नै रबैयामा परिवर्तन नगरे राणा र राजाविरुद्ध लडेको कांग्रेस कम्युनिष्ट सरकारविरुद्ध लड्नसमेत पछि नपर्ने निधिको चेतावनी थियो।
केपी ओली नेतृत्वको वर्तमान सरकार लोकतन्त्र समाप्त पारेर संविधानलाई रद्दीको टोकरीमा फ्याल्ने प्रयत्न गरिरहेको भन्दै उपसभापति निधिले आन्दोलनको लागि तयार रहन सबैलाई आग्रह गरे।

विभित्र पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

शुभकामना अदानप्रदान कार्यक्रममा विभित्र दलआवद्ध सयौंजना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

विभित्र राजनीतिक दलसँग आवद्ध जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका सयौंजना कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरुलाई उपसभापति निधिले पार्टी प्रवेश गराएका थिए। स्थानीय युवा नेता शत्रुध्न श्रेष्ठ र धनीराम दासको पहलमा राजेश पंडित, अवधेश पंडित, राजनारायण यादव, मो.अनवर हुसेनलगायतका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका हुन्।

प्रकाशित: Nov 04, 2019| 12:55 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।