शनिबार, कात्तिक २९, २०८२

१५० करोड क्लबमा ‘हाउसफुल ४’

अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ १५० करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड ट्रेकर रमेश वालाका अनुसार फिल्मले ९ दिनमा १५९.४६ करोड भारू संकलन गरेको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं - अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ १५० करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड ट्रेकर रमेश वालाका अनुसार फिल्मले ९ दिनमा १५९.४६ करोड भारू संकलन गरेको छ। 

National life

यससँगै फिल्म सन् २०१९ मा सर्वाधिक कमाउने सूचीमा शीर्ष ६ स्थानमा पुगेको छ। 

फिल्मले शुक्रबार लगभग ८ करोड र शनिबार १०.१० करोड भारूको कारोवार गरेको थियो। 

तिहारको दुई दिनअघि धनतेरसमा रिलिज भएको ‘हाउसफुल ४’ले १९.०८ करोड भारू ओपनिङ संकलन गरेको थियो। फिल्मले पहिलो सातामा १४१.३१ करोड भारू संकलन गरेको थियो। 

फिल्मले २०० करोड संकलन गर्न सक्ने आकलन गरिएको छ। 

Laxmi sunrise bank
kumari

अक्षय कुमारको तीन फिल्म यस वर्ष सर्वाधिक कमाउने १० फिल्मको सूचीमा छन्।

सन् २०१९ मा सर्वाधिक कमाउने १० फिल्म

१. वार               ३०९.३५ करोड        ऋतिक रोशन, टाइगर श्राप
२. कबीर सिंह       २७८.२४ करोड       शाहिद कपुर
३. उरी               २४४.०६ करोड       विक्की कौशल
४. भारत             २०९.३६ करोड       सलमान खान
५. मिशन मंगल     २००.१६ करोड       अक्षय कुमार, विद्या वालन
६. हाउसफुल ४     १५९.४६ करोड      अक्षय कुमार
७. टोटल धमाल     १५४.३० करोड       अजय देवगन
८. केसरी            १५३ करोड           अक्षय कुमार
९. छिछोरे           १५०.३६ करोड       सुशान्त सिंह राजपूत
१०. साहो            १४९ करोड           प्रभास

एजेन्सीकाे सहयाेगमा

प्रकाशित: Nov 04, 2019| 12:43 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्