शनिबार, साउन ३०, २०८३

बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे देउवा

कांग्रेसका सभापति देउवाले धुलिखेल अस्पतालमा उपचाररत सुकुटे बस दुर्घटनाका घाइतेलाई भेटेका छन्।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धुलिखेल अस्पतालमा उपचाररत सुकुटे बस दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार बिहान धुलिखेल अस्पतालमा पुगेका उनले घाइतेको शीध्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। उनले अस्पतालका चिकित्सकलाई घाइतेको उपचारमा कमी हुन नदिन आग्रह गरे।

उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने उनले बताए। सभापति देउवासँगै पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतलगायत पनि अस्पताल पुगेका थिए।

अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० घाइते उपचाररत छन्।

दोलखाबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो अरनिको राजमार्गको सुकुटेबाट सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको थियो । दुर्घटनामा परी ५० जना घाइते छन् ।

प्रकाशित: Nov 04, 2019| 12:31 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।