शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुखमा भाग नपाएपछि माधव नेपालको ‘नोट अफ डिसेन्ट’

प्रदेश प्रमुखमा भाग नपाएपछि माधव नेपालको ‘नोट अफ डिसेन्ट’

प्रदेश प्रमुख सिफारिसमा भाग नपाएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट राखेका छन्।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं- प्रदेश प्रमुख सिफारिसमा भाग नपाएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट राखेका छन्।

प्रदेश प्रमुख सिफारिस एकलौटी र पूर्वाग्रहप्रेरित भएको भन्दै नेता नेपालले लिखित असहमति राखेको बुझिएको छ।

मनोमानी ढंगले प्रदेश प्रमुख सिफारिस गरेको भन्दै नेता नेपालले सचिवालयको निर्णयप्रति लिखित असहमति राखेको एक सदस्यले बताए।

उनले व्यक्तिको विरोध नभई पद्धतिको विरोध गरेको जनाइएको छ।

नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा नेपालले प्रदेश ३ मा आफू निकट अमृत बोहोरा र रघुजी पन्त मध्ये एक जना पनि नसमेटिएपछि उनी असन्तुष्ट बनेका हुन्।

यसअघि पार्टीको प्रदेश इन्चार्ज तोक्ने गत साउन ३१ गतेको निर्णयका विरुद्ध पनि नेता नेपालले नोट अफ डिसेन्ट लेखेका थिए।

प्रकाशित: Nov 04, 2019| 12:25 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।