शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि उपकुलपतिमा बास्कोटा नियुक्त, मन्त्रिपरिषद् बैठक फेरि बस्दै

त्रिवि उपकुलपतिमा बास्कोटा नियुक्त, मन्त्रिपरिषद् बैठक फेरि बस्दै

सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटालाई नियुक्त गरेको छ।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटालाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिविको उपकुलपतिमा नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष बास्कोटालाई नियुक्त गरेको हो।

बास्कोटा राष्ट्रपतिका निजी चिकित्सकसमेत हुन्।

सोही बैठकले काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो।

यसैबीच आइतबार पुनः मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

दिउँसो साढे १ घण्टा बसेर विभिन्न निर्णय गरेको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे पुनः बस्ने भएको हो।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पुनः आकस्मिक बैठक बस्नेबारे सर्कुलर गरेको छ।

प्रकाशित: Nov 03, 2019| 12:17 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।