बिहीबार, वैशाख ३१, २०८३

घामड शेरेका कारण विवादित बने आसिफ

फिल्म निर्देशक तथा कलाकार आसिफ साह विवादित बनेका छन्।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- फिल्म निर्देशक तथा कलाकार आसिफ साह विवादित बनेका छन्।

National life


हेमराज बिसीद्वारा निर्देशित फिल्म ‘घामड शेरे’ को पोस्टरसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिर फेसबुकमा शेयर गरेपछि साह विवादित बनेका हुन्।


नेपाल आइडल कार्यक्रमका होस्ट समेत रहेका आसिफले यसअघि दुई रुपैयाँ भन्ने नेपाली फिल्मको निर्देशन गरेका थिए।


फिल्म निर्देशनमा सफल उनी शनिबार एउटा ठट्यौलीस्वरुप कांग्रेस सभापतिको फोटो फिल्मको फोटोसँगै शेयर गरेका हुन्।


आफ्नो मर्यादासमेत ख्याल नगरी ठट्यौली गरेका साहलाई सुदूरपश्चिमका शुभेच्छुकहरुले बहिस्कार गर्ने चेतावनी दिएका छन्।


त्यतिमात्र नभई सुदरपश्चिमका नेपाली कांग्रेस निकट विभिन्न संगठनका व्यक्तिहरुले घामड शेरे फिल्मलाई आफ्नो प्रदेशमा बहिस्कार गर्ने चेतावनी समेत दिएका छन्।


शुभेच्छुकहरुको आक्रोशपछि आसिफ साहले उक्त पोस्ट डिलिट गर्दै माफी मागेका छन्।


घामड शेरे फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेत तथा स्वस्तिमा खड्काको अभिनय रहेको छ।

प्रकाशित: Nov 03, 2019| 09:19 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्