शनिबार, साउन ३०, २०८३

आज तेस्रो पटक डायलासिस गरिँदै

दुई दिन अस्पताल बसेर फर्किएका प्रधानमन्त्री केपीशर्मा ओली आज पुनः अस्पताल जाँदै छन् । गएको बुधबार र बिहीबार दुई पटक डायलासिस गराएका प्रधानमन्त्री ओलीको
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- दुई दिन अस्पताल बसेर फर्किएका प्रधानमन्त्री केपीशर्मा ओली आज पुनः अस्पताल जाँदै छन् ।

गएको बुधबार र बिहीबार दुई पटक डायलासिस गराएका प्रधानमन्त्री ओलीको आज ग्राण्डी अस्पतालमा तेस्रो पटक डायलासिस हुने भएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार प्रधान्मन्त्री ओली केहिबेरमै अस्पताल जाने तयारी छ ।

ओली अस्पताल जाने भएपछि बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक पछाडि धकेलिएको छ । आजै बस्ने भनिएको नेकपा सचिवालय बैठकको समेत टुंगो लाग्न सकेको छैन ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मृगौलामा फेरि समस्या आएपछि डायलासिस गराउनु परेको हो ।

मिर्गौलाले शरीरमा रहेको रगत शुद्ध बनाउन छाडेपछि शरीरबाट रगत निकालेर मेसिनमा पठाइ शुद्धीकरण गरेर फेरि शरीरमा फिर्ता पठाउने प्रक्रिया डायलासिस हो ।

प्रकाशित: Nov 03, 2019| 04:45 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।