शनिबार, साउन १६, २०८३

रुसद्वारा सिरियामा हवाई हमला, चारको मृत्यु

रुसले सिरियामा गरेको हवाई हमलामा चार जनाको ज्यान गएको छ।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- रुसले सिरियामा गरेको हवाई हमलामा चार जनाको ज्यान गएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार रुसले शनिबार सिरियाको उत्तर-पश्चिम क्षेत्रमा हवाई हमला गरेको थियो। रुसका युद्ध विमानले इदलिब प्रान्तका शेख मुस्तफा तथा जिबाला कस्बो र लताकिया प्रान्तको कबिना सहरमा हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।


गत वर्ष रुस र टर्कीले सिरियाको सीमा क्षेत्रमा आक्रमण रोक्ने प्रतिवद्धता गरेका थिए । यद्यपि, दुवै देशले आतंकवादीका शिवर खाली गर्ने भन्दै सिरियामा बेलाबेला हवाई हमला गरिरहेका छन्।

सिरियामा सन् २०११ देखि गृहयुद्ध चलिरहेको छ। त्यसयता सिरिया र विदेशमा गरी तीन लाख ७० हजारभन्दा बढी मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्।

प्रकाशित: Nov 03, 2019| 04:09 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।