शनिबार, साउन ३०, २०८३

बसको ठक्करले पूर्वसांसदको मृत्यु

बसको ठक्करले धनुषामा पूर्वसांसद रामलखन महतोको मृत्यु भएको छ। ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको बसले महतोलाई ठक्कर दिएको थियो।
 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

जनकपुरधाम – बसको ठक्करले धनुषामा पूर्वसांसद रामलखन महतोको मृत्यु भएको छ। ढल्केबरबाट जनकपुरतर्फ आउँदै गरेको बसले महतोलाई ठक्कर दिएको थियो।

साइकलमा सवार महतोलाई विपरित दिशाबाट आइरहेको ना ५ ख ८८५ नम्बरको बसले मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका महतोलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा ल्याइएपनि  चिकित्सकले मृत घोषणा गरेका थिए। धनुषाको क्षिरेश्वर नगरपालिका–५ घर भएका ६० वर्षीय महतो २०५१ सालमा एमालेबाट सांसदमा निर्वाचित भएका थिए।

प्रकाशित: Nov 01, 2019| 11:45 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।