शनिबार, साउन ३०, २०८३

उम्मेदवार छनौटको जिम्मा पदाधिकारीलाई

शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आसन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ।
 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

काठमाडौं - शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आसन्न उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ। उम्मेदवार चयनको विधि तय गर्न शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
 
बैठक पछि आयोजित पत्रकार सम्मेलनमा शर्माले उम्मेदवार चयनका लागि बस्ने पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने निर्णय गरेको  जानकारी दिए। 

बैठकमा महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको विधानको धारा ३२ को ८ को ‘घ’ र ‘ङ’ बमोजिम कार्यसम्पादन गर्न पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमाथि केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, गोपालमान श्रेष्ठ, एनपी साउद र महेन्द्र यादवले आ-आफ्नो धारणा राखेका थिए।
 
शर्माका अनुसार बैठकले धरान उपमहानगरपालिकामा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले उपनिर्वाचनका लागि आगामी आइतबारसम्म उम्मेदवारको चयन गरिसक्ने तयारी गरेको शर्माले जानकारी दिए।

प्रकाशित: Nov 01, 2019| 11:25 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।