शनिबार, साउन ३०, २०८३

महराको थुनछेक बहस सकिएन, भोलि पनि बहस हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बलात्कार प्रयासको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस आइतबार नसकिए पछि हेर्दाहेर्दैमा राखिएको छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’ मा राखिएको अदालका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। 

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकालले बहस गरेका छन्। 

महराको पक्षबाट भने अधिवक्ता लब प्रसाद मैनालीले बहस गरेको कार्कीले जानकारी दिए। 

महराको तर्फबाट ३२ कानुन व्यवसायीले बहस गर्ने अदालतले जानकारी दिएको छ। 

महराको तर्फबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटालगायतका कानुन व्यवसायीहरु बहस गर्ने छन्।

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो। समय अभाव भएपछि आइतबारबाट मात्रै थुनछेक बहस सुरु भएको थियो।

महराको पक्षबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएकाले सोमबार पनि थुनछेक बहस सकिने सम्भावना कम रहेको अदालतले जनाएको छ।

थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।