काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटालाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिविको उपकुलपतिमा नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष बास्कोटालाई नियुक्त गरेको हो।
बास्कोटा राष्ट्रपतिका निजी चिकित्सकसमेत हुन्।
सोही बैठकले काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो।
यसैबीच आइतबार पुनः मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
दिउँसो साढे १ घण्टा बसेर विभिन्न निर्णय गरेको मन्त्रिपरिषद् बैठक साँझ ५ बजे पुनः बस्ने भएको हो।
प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुलाई पुनः आकस्मिक बैठक बस्नेबारे सर्कुलर गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४