शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्य परीक्षण गरिएको छ।

आइतबार बिहान प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको उनको सचिवालयले जनाएको छ।

यसअघि बुधबार र बिहीबार धापासीस्थित ग्राण्डी अस्पतालमा मृगौलाको डायलासिस गरिएको थियो। सो समयमा ओलीको फोक्सोमा पानी जमेको पाइएको थियो।

आइतबार बिहान मन्त्रिपरिषद् बैठक रोकेर प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेका हुन्। शिक्षण अस्पतालमा गरिएको परीक्षणमा आइतबार स्वास्थ्य सामान्य देखिएपछि ओली बालुवाटार फर्किएका छन्। 

प्रधानमन्त्री फर्किएपछि आइतबार नै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेकाे छ, त्यसपछि नेकपाको सचिवालय बैठक बस्ने तयारी छ।

प्रधानमन्त्री ओलीको फेरि तेस्रो पटक डायलासिस गर्नुपर्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।