शनिबार, साउन ३०, २०८३

बलात्कार आरोपमा युवक पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- युवती बलात्कार आरोपमा इटहरीमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङ, रूपाकोट मझुवागढी-५ घर भई इटहरी-८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्।

राईले गत कात्तिक १० गते युवतीलाई ज्यान मार्ने धम्की दिएर तरहरा जंगलमा लगी बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार युवकले मोटरसाइकलमा चढाएर जंगलमा लगेका थिए। 

जबरजस्ती करणी गरेको र सुनको सिक्री लुटेर फरार भएको जाहेरी आएपछि राईलाई पक्राउ गरिएको भण्डारीले जानकारी दिए । 

घटनामा प्रयोग भएको को३८प ८५४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ। राईलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।