शनिबार, साउन ३०, २०८३

नवलपरासी र पोखरामा शंकास्पद वस्तु फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कपिलवस्तु र कास्कीमा शंकास्पद वस्तु फेला परेका छन्। 

कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा र कास्कीकाे पृथ्वी राजमार्गस्थित पाेखरा तालचोकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा बीच सडकमै शंकास्पद वस्तु भेटिएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जवराले नेपाली सेनाको बम डिस्पोजल टोली शंकास्पद वस्तु राखेको ठाउँमा पुगिसकेको जानकारी दिए।

तालचोक मुख्य राजमार्गमै रातो टालोमा पोको पारेर टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ। जसका कारण सवारी आगमनसमेत अवरुद्ध भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए। शंकास्पद वस्तु राख्नेको यकिन नभए पनि विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको हुन सक्ने प्रहरीको आशंका छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।