शनिबार, साउन ३०, २०८३

महराकाे थुनछेक बहस सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराकाे  जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ।

थुनामा राखेर मुद्दा अघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस सुरु भएको अदालतले जानकारी दिएको छ। 

अहिले सरकारी वकिलले बहस गर्दैछन्। काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, हरि रेग्मी र सहजिल्ला न्यायाधिवक्ता सृजना ढकालले पीडितका पक्षबाट बहस गर्नेछन्।

महराको पक्षबाट पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, शेरबहादुर केसीसहित २५ बढी अधिवक्ताले बहस गर्ने अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए। सरकारी वकिलको बहस सकिएपछि महरा पक्षका वकिलले बहस गर्नेछन्।

सरकारी वकिल कार्यालयले उनलाई जबरजस्ती करणी गरेको कसुर गरेको भन्दै बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।