मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • रोनाल्डो, मेस्सी र रामोस हेरफेर भएको फुटबल बजारको म्याद सकिँदै

रोनाल्डो, मेस्सी र रामोस हेरफेर भएको फुटबल बजारको म्याद सकिँदै

कोभिड-१९ महामारीको प्रभाव निकै ठूलो रहे पनि यो वर्ष धेरै क्लबहरूले खेलाडीमाथि खुलेर लगानी गरे भने केही क्लबहरूले आफ्ना ठूला र भरपर्दा खलाडी गुमाए।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- कोभिड-१९ महामारीको प्रभाव निकै ठूलो रहे पनि यो वर्ष धेरै क्लबहरूले खेलाडीमाथि खुलेर लगानी गरे भने केही क्लबहरूले आफ्ना ठूला र भरपर्दा खलाडी गुमाए।

धेरै लगानी गर्नेमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड चेल्सी पर्छन् भने आफ्नो टिमको भरपर्दा खेलाडी गुमाउने टिम हो बार्सिलोना, रियल मड्रिड र इन्टर मिलान।

विश्वप्रसिद्ध फुटबल खेलाडीको सरुवासँगै २०२१ को गृष्मकालिन फुटबल खेलाडी सरुवा बजार आज (अगस्ट ३१) गते राति सकिँदैछ। यो बजरामा इंग्लिस प्रिमियर लिगमा तीन ठूला खेलाडी सरुवा भए। त्यसममध्ये सुरुमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाका अट्याकिङ मिडफिल्डर वा विंगरका रूपमा खेल्नसक्ने ज्याक ग्रिलिसलाई गरेको अनुबन्धले निकै चर्चा पायो।

यो ट्रान्फर सय मिलियन पाउन्डको थियो। जुन यस वर्षकै सबैभन्दा महँगो ट्रान्फर हो।

त्यसपछि बेल्जियन फरवार्ड रामेलु लुकाकू इटालिनय क्लब इन्टर मिलानबाट दोस्रो ठूलो मूल्यामा चेल्सीमा अनुबन्ध भए। ज्याकपछि प्रिमियर लिगको दोस्रो ठूलो मूल्यको ट्रान्फर हुने खेलाडी लुकाकू बने।

पीएसजीले फरवार्ड मेस्सी मात्र होइन् विश्वकै उत्कृष्ट स्पेनिस डिफेन्डर सर्जियो रामोस पनि सित्तैमा पायो। स्पेनिस क्लब रियल मड्रिडले रामोसले भनेअनुसारको सम्झौता नगरेपछि उनी ‘फ्रि एजेन्ट’ भएका थिए।
पछिल्लो हप्तान्तमा प्रिमियर लिगमा एउटा आपत्कालिन सुरुवात भएको छ। त्यो हो ‘सर्वाकालिन उत्कृष्ट खेलाडी’ मानिएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको।

तीन सिजन इटालिनय क्लब युभेन्टसबाट खेलिरहेका रोनाल्डो यो सिजन म्यान्चेस्टर सिटी जाने हल्ला खेलाडी सरुवा बजारमा थियो। युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले रोनाल्डोले क्लब छोड्ने बताइरहँदा रोनाल्डोका एजेन्ट म्यानचेस्टर सिटी लैजाने तयारीमा थिए।


तर, सिटीको छिमेकी क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डो अनुबन्ध गर्न लागेको सूचना निकाल्यो। यसरी रोनाल्डो युनाइटेडमा अनुबन्ध भए। यो ट्रान्फरमा रोनाल्डोका सहयोगी पोर्चुगिज मिडफिल्डर ब्रुना फर्नान्डेस थिए।

यो बजारमा प्रिमियर लिग क्लबहरूले मात्र एक बिलियन पाउन्डको कारोबार गरेका छन्। यी तीन ट्रान्फरअघि ओले गनर सोल्सायरको क्लब युनाइटेडले नै यसअघि बोरुसिया डर्टमन्डका इंग्लिस फरवार्ड जाडन रान्चेलाई ७३ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको थियो।

त्यस्तै, आज सकिन लागेको सरुवा बजारमा फ्रेन्च क्लब पीएसजीले जति फाइदा सायदै अर्को कुनै क्लबले लियो। उसले बिना कुनै मूल्य संसारका चार उत्कृष्ट खेलाडी अनुबन्ध गर्‍यो।

उसले फरवार्ड रोनाल्डोका टक्करका खेलाडी र बार्सिलोनामा रहँदाका निकट प्रतिद्वन्दी लियोनेल मेस्सीलाई आपतकालिन अनुबन्ध गयो। मेस्सी अनुबन्ध गर्दाताका उनले बार्सिलोनालाई कुनै मूल्य चुकाउनु परेन्। अर्थात् शताब्दीकै उत्कृष्ट खेलाडी मेस्सी पीएसजीले सित्तैमा पायो। ला लिगा फाइनान्सियल फेयर प्लेमा मेस्सीको तलब समायोजन हुन नसक्ने भएपछि बार्सिलोनाले उनलाई विदाई गरेको थियो। 

पीएसजीले फरवार्ड मेस्सी मात्र होइन् विश्वकै उत्कृष्ट स्पेनिस डिफेन्डर सर्जियो रामोस पनि सित्तैमा पायो। स्पेनिस क्लब रियल मड्रिडले रामोसले भनेअनुसारको सम्झौता नगरेपछि उनी ‘फ्रि एजेन्ट’ भएका थिए।


रामोसलाई पनि पीएजीले अनुबन्ध गर्यो। त्यस्तै, पीएसजीले अन्य दुई उत्कृष्ट खेलाडीमध्ये लिभरपुलका जोर्जिनियो वाइलान्डुम र एसी मिलानका गोलकिपर जियान्लुइजी डोनारुपमा पनि सित्तैमा अनुबन्ध गर्‍यो।

त्यति मात्र होइन पीएसजीले इन्टर मिलानबाट डिपेन्डर आचर्फ हाकिमी पनि अुनबन्ध गरेको छ। यो ट्रान्टरफरले यो जिसन पीएसजीलाई विश्वकै सबैभन्दा प्रतिष्ठित क्लब बनाएको छ।

यता पीएसजीका फरवार्ड केलियन एम्बाप्पे रियल मड्रिड जाने हल्ला भने हल्लामै सीमित रह्यो। रियलको १६० मिलियन डलरको युरोको प्रस्ताव पीएसजीले अस्विकार गरेको थियो। टोटेनहमका स्ट्राइकर ह्यारी केन सिटीमा जाने प्रकृया अघि बढे पनि सो प्रकृया पुरा भएन।

यता रियल मड्रिडले भने यो वर्ष सर्जियो रोमोस मात्र गुमाएन। राफेन वाराने पनि गुमायो। वाराणे इंग्लिस क्लब युनाइटेडमा अनुबन्ध भए। यता जर्मन लिगविजेता बायर्न म्युनिकका डिफेन्डर डेबिड अल्बा भने रियलले भित्र्यायो। यस्तै ठूला सरुवासँगै यो वर्षको ‘समर फुटबल ट्रान्सफर विन्डो’ सकिँदै छ।

इंग्ल्यान्डमा ब्रिटिस स्ट्यान्डर्ड समय अनुसार आज रातिको ११ बजे यो विन्डो सकिँदै छ। त्यस्तै, जर्मनमीमा साँझा पाँच बजे सकिन्दै भने इटाली र फ्रान्समा राति १२ बजे सकिँदैछ। त्यसबीच केही ट्रान्फर हुने संकेत भने बाँकी नै छ।

प्रकाशित: Aug 31, 2021| 09:26 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।