शनिबार, साउन ३०, २०८३

डेढ वर्ष ढिला गरी हुने भयो नर्सिङ संघको निर्वाचन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुनेभएको छ । 

सङ्घको १९ औँ कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करीब डेढ वर्ष ढिला गरी हुन लागेको हो । 

आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ । 

उनले भनिन्, “मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहन्छ ।” हाल सङघमा करीब १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् । 

सङ्घीय संरचनाअनुसार सङ्घको नयाँ नेतृत्व चयन हुने सङ्घका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन् । 

उनले भनिन्, “विधान संशोधनका कारण सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा केही ढिलाइ भएको हो । नीति निर्माण तहमा नर्सको सहभागिता बढाउन स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारिता बनाउने विषयमा हामी गम्भीर छौँ ।” 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।