शनिबार, साउन ३०, २०८३

महरामाथिको मुद्दामा आजदेखि थुनछेक बहस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामाथि आजदेखि थुनछेक बहस सुरु हुँदैछ । 

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले शुक्रबार करीब ७ घण्टा बयान लिएपछि आज थुनछेक बहस हुन लागेको हो । 

प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धा सहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।

बिहिबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साढे ७ वर्ष कैद मागदाबीसहित महराविरुद्ध मुद्दा दर्ता गरेको थियो । 


संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुब्र्यबहार गरेको आरोप लागेपछि गत असोज १९ गते महरा बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ परेका थिए ।

पक्राउलगत्तै स्वास्थ्यमा खराबी देखाउँदै उनी नर्भिक अस्पतालमा बस्दै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।