शनिबार, साउन ३०, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवालयको टुंगो लागेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपीशर्मा ओली आज मन्त्रिपरिषद्को बैठक डाकेका छन् । 

बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बैठक डाकिएको उनका प्रेस सैयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री अकस्मात विरामी भएर ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना भएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

यस्तै, आजै सचिवालय बैठक पनि बस्ने भनिए पनि समय भने टुंगो लागेको छैन् ।

शनिबार बसेको सचिवालय बैठक आज पुनः बस्ने गरि सकिएको थियो । तर, आजको समय भने टुंगो नलागेको नेताहरुले बताएका छन् । 

शनिबारको बैठकमा उपनिर्वाचनका लागि विभिन्न ठाउँबाट सिफारिस भएर आएको नामका विषयमा छलफल भएको थियो । बैठकमा कास्की–२ को प्रतिनिधिसभा उम्मेदवार विद्धा भट्टराईलाई बनाउने विषयमा नेताहरु सहमत भएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।