बुधबार, वैशाख ९, २०८३

नेयमारविनाको पीएसजी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - ब्राजिलियन स्टार खेलाडी नेयमार विनाको पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजी रेलिगेशन जोनमा रहेको डीजोनसँग २-१ ले पराजित भएको हो। पीएसजीको जारी सिजनको यो तेस्रो हार हो। 

डीजोनले घरेलु मैदानमा सुरुवाती अग्रता भने पीएसजीले लिएको थियो। खेलको १९ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै दिलाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी रेलिगेशन जोनमा रहेको क्लबसँग पराजित हुन पुग्यो। पहिलो हाफको ईन्जुरी समयमा मौनिर चौयरले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दोस्रो हाफमा घरेलु टोलिले थप एक गोल गर्दा पाहुना टोलिले भने कुनै गोल गर्न सकेन। खेलको ४७ औं मिनेटमा डीजोनका जोन्डर काडिजले विजयी गोल गरेका थिए।

यस जितसँगै डीजोनले दुई स्थान सुधार गर्दै अंक तलिकाको १८ औं स्थानमा उक्लिन सफल भएको छ। हारका बाबजुत पनि पीएसजी १२ खेलबाट २७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।