बुधबार, वैशाख ९, २०८३

तीन खेल प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किए मेस्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीमा फर्किएका छन्।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा)ले लगाएको तीन खेलको प्रतिबन्धपछि मेस्सी राष्ट्रिय टोलीमा फर्किएका हुन्। 

गत साउनमा ब्राजिलमा भएको कोपा अमेरिकामा महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो। तेस्रो स्थानका लागि भएको प्ले अफ खेलपश्चात मेस्सीले महासंघमाथि भ्रष्टाचारको आरोप लगाएका थिए। मेस्सीले तेस्रो स्थानको पदक लिनसमेत अस्वीकार गरेका थिए। त्यसअघि सेमिफाइनलमा ब्राजिलसँग २-० ले पराजित भएपछि मेस्सीले ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाएका थिए।

त्यसपछि महासंघले उनीमाथि तीन खेलको प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि कप्तान मेस्सीले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए।

अब उनी ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा फर्किएका छन्। अर्जेन्टिनाले नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

एजेन्सीकाे सहयाेगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।