बुधबार, वैशाख ९, २०८३

एमसीसीसँगको खेलका लागि नेपालका तीन टिम घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा इंग्ल्याण्डको एमसीसी क्लवसँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ।

आईसीसीले एमसीसीसँग हुने तीन प्रारुपका लागि बिहीबार फरक फरक तीन टिम घोषणा गरेको हो।

आईसीसीले घोषणा गरेको टि ट्वान्टी र फस्ट क्लास टिममा भने पूर्व कप्तान पारस खड्का समावेस छैनन् । तर एक दिवसीयमा भने पारस समावेश छन्। तीनै टिमको कप्तानीको जिम्मेवारी नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। 

टि ट्वान्टी टिममा युवा खेलाडीलाई महत्व दिइएको छ भने फस्ट क्लासमा अनुभवी खेलाडीलाई मौका दिइएको छ।

फास्ट बलर जितेन्द्र मुखियाले लामो समयपछि फस्ट क्लास टिमबाट नेपाली राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। 

तीन प्रारुपका खेल खेल्न विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव एमसीसीको टिम शुक्रबार नेपाल आइपुग्ने छ। खेल नोभेम्बर ४ देखि शुरु हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।