जीवनका धेरै अनुभव यसरी भएको थियो भनेर वर्णन गर्न सकिन्छ तर किन भनेर खुलाउन कठिन हुन्छ। पुस्तकसँगको मेरो संगत पनि त्यस्तै–त्यस्तै हुन पुगेको छ। पुस्तकको प्रेममा परिएको हो तर किन परियो अझै खुलाउन सक्दिनँ।
ती दिन सम्झँदा लाग्छ, पुस्तकको खोजीमा निकै पुस्तकालय धाइएछ। प्रविधिको चरम उत्कर्ष रहेको अहिलेको समयबाट विगत फर्कंदा पुस्तकालयसँगको दोस्ती रोमाञ्चक थियो मेरो।
विद्यालय जीवनभर म राम्रो विद्यार्थी हुन सकिनँ। कलेज पुगेपछि चाहिँ भएँ भन्ने होइन। यता स्कुलमा पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक परीक्षामा तीनचारवटा विषयमा राता टीकाको आभूषण नबिराई पाइन्थ्यो भने उता कलेज पुग्दा पनि ब्याकपेपरको कालीगण्डकी कहिल्यै सुकेन।
दुरुह लाग्ने विषय स्कुलसँगै छुटेकाले कलेजमा अपेक्षाकृत विषय केन्द्रित हुने प्रयास गरेकै हुँ। बाहिरी अध्ययनको व्यापकता पनि बुझ्न थालें। यद्यपि घरमा भित्रिने साझा प्रकाशनका नवीनतम् कृति र साझा तथा मदन पुरस्कार विजयी कृतिले आठ–नौ कक्षादेखि नै साहित्यको अम्मली बनाउन थालिसकेको थियो।
स्कुलको पुस्तकालयबाट घरमा किताब ल्याउने परिपाटी अहिले मरणासन्न अवस्थामा छ। तर त्यो बेला संकटापन्न अवस्थामा भए पनि चलिरहेको थियो।
कुरा चार दशकअघिको हो। दाजु आठ कक्षामा पुगेपछि ‘पुस्तकालय कार्ड’का लागि योग्य भए। उनले भानुभक्त मेमोरियल आवासीय माविको पुस्तकालयबाट चिल्ला कागजमा पूरापूर रंगीन अंग्रेजी पुस्तक घरमा ल्याएको सम्झना छ। ती पुस्तक चित्रको आनन्दका लागि खुबै हेरियो। चित्रले दिने ज्ञानको के कति प्याकेज ग्रहण गर्न सकियो यकिन छैन तर मनमा एउटा उत्साहको दियो भने बलिरह्यो– आठ कक्षा पुगेपछि म पनि पुस्तकालय कार्ड बनाउनेछु।
पुस्तक चोर्नु पाप होइन भनेर पापलाई चोख्याउनेहरु के भन्दैनन् भने पुस्तक चोर्नु तर नपढ्नु महापाप हो। बालखबेला पुस्तकसँग सम्बन्धित महापाप पनि गरिए। किनभने निश्चित वस्तुप्रतिको आशक्ति तथा तर्कको सीमापारिको बालसुलभ प्रकृतिले वशीभूत भएर पुस्तक चोरेको हुँ।
पुस्तकालय कार्ड नुहँदा पनि खाजा समयमा र खाली पिरियडमा पुस्तकालय जाने छुट थियो। पुस्तकालयमा भएका बालसाहित्यको किताब पढ्थें। घरमा ल्याउन नपाउँदा दुःख लाग्थ्यो। एक पटक त अंग्रेजी बालसाहित्यका साना आकारका केही पुस्तक पुस्तकालयबाट चोरेर घरमा ल्याएँ। पुस्तक चोर्नु पाप होइन भनेर पापलाई चोख्याउनेहरु के भन्दैनन् भने पुस्तक चोर्नु तर नपढ्नु महापाप हो। बालखबेला पुस्तकसँग सम्बन्धित महापाप पनि गरिए। किनभने निश्चित वस्तुप्रतिको आशक्ति तथा तर्कको सीमापारिको बालसुलभ प्रकृतिले वशीभूत भएर पुस्तक चोरेको हुँ। पढ्ने बानी थिएन। त्यसैले ती किताबका चित्र खूब चिनिए, अक्षर भने छिचोलिएनन्।
न त स्कुल छँदा पुस्ताकालय कार्ड बनाउने सौभाग्य जुर्यो। आठ कक्षा पुग्दा म त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको विद्यार्थी भएको थिएँ र त्यहाँ पुस्तकालयको सेवा विविध कारणले स्थगित थियो।
बालकलाई सुरुमा पढ्ने बानी गुरु तथा अभिभावकले लगाइदिनुपर्छ। हाम्रो पालामा त्यो चलन थिएन र बालसाहित्यादि पढ्नबाट वञ्चित भइयो। तसर्थ, कठघरमा उभ्याइएँ भने विद्यालय जीवनभर पुस्तकालयसँग प्रीतिकर सम्बन्ध नभएको साविती बयान दिनुपर्ने हुन्छ।
कलेज पुगेपछि पनि पुस्तकालयसँगको प्रेम फस्टाउन सकेन। ‘उज्ज्वल भविष्यको अपेक्षा गर्दै’ भर्ना भएको रत्नराज्य कलेजको पुस्तकालयमा त झन् पाठ्यपुस्तक मात्रै उपलब्ध रहेछन्। पत्रिका पढ्ने, म्यागजिन पढ्ने, अन्य सान्दर्भिक पुस्तक–पत्रिका हेर्ने त सुविधा नै रहेनछ। किताबको गोदाम रहेछ आरआर कलेजको पुस्तकालय। बरु स्ववियुको कार्यालयमा एक–दुई पत्रिका आउँथे, तर त्यहाँ पढ्ने वातावरण हुँदैनथ्यो।
आरआर कलेजको पुस्तकालयको अहिलेसम्म सम्झना रहेको एउटै कुरा हो, लाइब्रेरियन सर। गठ्ठाघरतिर बस्ने श्याम वर्णका खासै अग्लो न होचो उचाइका गोलो अनुहारका ती सर अनवरत चुरोट खाइरहेका हुन्थे। उनको कार्यालय अर्थात् तीन तलामाथिको होचो छतमुनिको पुस्तकालयमा हुन्थे उनी। ओठको कुनामा चुरोट च्यापेर मस्तसँग धुवाँ उडाइरहने ती सर चुरोटै मात्रै खाएका कारणले त्यति श्याम वर्णका भएका त होइनन् भन्ने लाग्थ्यो मलाई।
विद्यालयबोहक न्युरोडमा रहेको अमेरिकी पुस्तकालय पनि एकदुई पटक गएँ। २०४६ सालतिर न्युरोडमा रहेको अमेरिकी पुस्तकालयमा सफा चिटिक्क परेको हल थियो। बस्नका लागि आरामदायी कुर्सी, उज्याला बत्ती, तखताभरि किताब। यस्तो गजबको पनि पुस्तकालय हुन्छ भन्ने लाग्यो पहिलो पटक जाँदा। किताब हेर्यो। केहीबेर बस्यो। अनि घरतिर लाग्यो। तिनताका पढ्ने बानी थिएन। छ–सात कक्षा पढ्नेले त्यो पुस्तकालयमा के नै पढ्नु? फेरि अंगे्रजीको राम्रो पकड पनि थिएन। पछि त्यो पुस्तकालय बन्द भयो।
धेरै पछि कमलपोखरीको हालको पेट्रोल पम्पअगाडिको एउटा घरमा अमेरिकी पुस्तकालय खुल्यो। स्नातक तहमा पढ्ने भइसेकको थिएँ म। कहिलेकाहीं अमेरिकी पत्रिका टाइम, न्युजविक, न्युयोर्कर र न्युयोर्क टाइम्स पत्रिका हेर्थें।
धेरै पछि कमलपोखरीको हालको पेट्रोल पम्पअगाडिको एउटा घरमा अमेरिकी पुस्तकालय खुल्यो। स्नातक तहमा पढ्ने भइसेकको थिएँ म। कहिलेकाहीं अमेरिकी पत्रिका टाइम, न्युजविक, न्युयोर्कर र न्युयोर्क टाइम्स पत्रिका हेर्थें। निर्वाचन आयोग सामुन्ने रहेको ब्रिटिस काउन्सिलको सदस्य पनि भएँ। अक्षरेपी चार सय रुपैयाँ मात्र बुझाएर ब्रिटिस काउन्सिलको सदस्य हुँदा ठूलै युद्ध जितेसरह भएको थियो। पछि काउन्सिल आफ्नै भवन लैनचौरमा सर्यो। वार्षिक सदस्यता शुल्क पनि बढेर छ सयसम्म भएको थियो।
लगभग चार वर्षजति विट्रिस काउन्सिलको सदस्य हुँदा केही अंग्रेजी साहित्य पढें। अंग्रेजी पत्रपत्रिकाबारे धेरै कुरा थाहा पाएँ।
पुस्तकप्रतिको भोकले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयको भुइँतलामा रहेको नेपाल–भारत पुस्तकालय पनि पुगें। भारतीय दूतावासले चलाउने सो पुस्तकालयमा गएर भारतीय पत्रिका र पुस्तक पढ्ने दैनिकी नै बनेको थियो कुनै बेला।
पुस्तकालयको पनि सदस्य बनें झन्डै दुई वर्ष जति। सदस्यता शुल्क पनि खास महँगो थिएन। अमिताभ घोष, अमित चौधरी, खुशवन्त सिंहलगायत अन्य समकालीन भारतीय लेखकहरूको केही किताब त्यहीं पढेको हुँ मैले।
त्यसबाहेक एक–दुई फेर केशर पुस्तकालय पनि गएको याद छ। हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय पनि पुगेको छु। तर ती पुस्तकालय मलाई लाभकारी भएनन्। दोहोर्याइ तेहोर्याइ जानु परेन।
एकताका दिँउसो–दिउँसो नियमित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय पनि गएँ। त्यहाँ अधिकतर नेपाली पत्रिका पढ्न पाइन्थ्यो। एकदुईवटा अन्य पुस्तक पनि पढें। तर प्रज्ञाको पुस्तकालय कुनै कार्यक्रम हुँदा बन्द हुन्थ्यो भने कहिलेकाहीं कुनै कार्यक्रम पनि पुस्तकालयकै कोठामा गर्ने चलन थियो/छ।
नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) को त्रिपुरेश्वरस्थित कार्यालयमा पनि एक–दुई पटक गएको याद छ। त्यहाँ पत्रकारिता सम्बन्धी पुस्तक पढ्न पाइन्थ्यो। पछि एनपीआई थापाथली सर्यो। त्यहाँ पनि एक दुई फेर पुगेर किताब हेरेको छु।
नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो। साक्षात् शारदाको प्रति देख्दा म पुलकित भएँ।
स्नातक पढ्दैखेरी त्रिवि केन्द्रीय पुस्तकालयको प्राइभेट सदस्य बनेको थिएँ म। महिनाको एक सय रुपैयाँ तिर्नुपर्दथ्यो। केन्द्रीय पुस्तकालयको नेपाल सेक्सनमा बसेर भारतबाट प्रकाशित हुने पत्रिकाहरु हेर्न, आवश्यक र घत परेका सामग्री गोटा एक रुप्पे पेजका दरले फोटोकपी गरेर ल्याउन पाउनु ठूलो सान्त्वनाको विषय लाग्थ्यो। खल्तीमा रुप्पेको व्यापक खडेरी हुने बेलामा तीस–चालीस पर्ने पत्रिका पढ्न ठूलै उपहार थियो, केन्द्रीय पुस्तकालयमा।
नेपाली विषय पढाउने गुरुले शारदा पत्रिकाको खुब ठूलो महिमा गाउनुहुन्थ्यो। तर त्यो पत्रिका देख्न पाएको थिइनँ। जब केन्द्रीय पुस्तकालयमा शारदा पत्रिका देखें तब मलाई कुनै अलौकिक वस्तु देखेसरह भएको थियो। साक्षात् शारदाको प्रति देख्दा म पुलकित भएँ।
केन्द्रीय पुस्तकालयमा प्रज्ञा प्रतिष्ठानले निकाल्ने ‘प्रज्ञा’का पुराना धेरै अंक पढें। खासगरी मैले प्रज्ञामा भेटेको लेखक हुन्, जनकलाल शर्मा। उनको जोसमनी सन्त परम्पराको पुस्तक निस्कनुअघि प्रज्ञामै शृंखलाबद्ध लेख छापिएका रहेछन्। कति लेख त फोटोकपी गरेर ल्याएको थिएँ।
केन्द्रीय पुस्तकालयको नेपाल सेक्सनपछि म अंग्रेजी जर्नल सेक्सनमा रमाउन थालें। त्यहाँ यल, हार्वर्ड, टोकियो, क्योतोलगायतका विश्वविद्यालयका जर्नल आउँथे। प्रतापभानु मेहता, तारिक अली, पाउल क्रुग्म्यान, मिल्टन फ्रिडमनलगायतलाई चिन्ने र पढ्ने मौका मलाई केन्द्रीय पुस्तकालयले दिएको हो। तिनीहरुका जर्नल लेखका फोटोकपी मसँग सुरक्षित छन्। ती फोटोकपी अब फेरि पल्टाएर हेरिन्न होला। तर, दुःखले आज्र्याको सम्पत्ति भएर होला कवाडी अंकललाई जोखाइ माग्न पनि मन मान्दैन।
मलाई कताकति लाग्छ– म मान्छे बनेको छु भने ममाथि त्रिवि केन्द्रीय पुस्तकालयको पनि थोरबहुत हकदाबी लाग्छ। म धेरै दिन जागिर खाने कर्मचारी जसरी भातसात खाएर त्रिवि केन्द्रीय पुस्तकालय जान्थें र बेलुका अफिस छुटेर घर आए जसरी घर आउँथें।
कतिपय अवस्थामा पुस्तकालयसम्म जानेआउने गाडीभाडा हुन्नथ्यो भने कसैगरी पुगियो भने पनि खाजा खानसक्ने ल्याकत हुन्नथ्यो। आर्थिक हिसाबले केन्द्रीय पुस्तकालय नै सस्तो पर्थ्यो, जानआउन र सुलभ दरको विद्यार्थी खाजा खान।
यी सबै पुस्तकालयभन्दा बेग्लै पुस्तकालयसँग संगत भयो २०५७/५८ तिर। एउटा संस्था रहेछ अमेरिकन वुमन अफ नेपाल भन्ने। त्यसले पुस्तकालय चलाएको थियो कोपुण्डोलमा। सहिद शुक्रराजको सालिकको सामुन्ने ललित मेटल वक्र्स रहेको घरको माथिपट्टिको दुई तलामा रहेको सोे पुस्तकालयमा अंग्रेजी आख्यान प्रशस्त पाइन्थ्यो।
मैले न्युयोर्क रिभ्यु अफ बुक्स तथा लन्डन रिभ्यु अफ बुक्सजस्ता पत्रिका त्यहीं देखेको हुँ। तिनले बुझाइको अर्को संसारको झ्याल खोलिदिए। तीनै पत्रिकामार्फत मैले पश्चिमी बुद्धिजीवी र प्राज्ञिकबारे थाहा पाएँ।
मैले न्युयोर्क रिभ्यु अफ बुक्स तथा लन्डन रिभ्यु अफ बुक्सजस्ता पत्रिका त्यहीं देखेको हुँ। तिनले बुझाइको अर्को संसारको झ्याल खोलिदिए। तीनै पत्रिकामार्फत मैले पश्चिमी बुद्धिजीवी र प्राज्ञिकबारे थाहा पाएँ।
एवन पुस्तकालयले पुराना पत्रिका, पुस्तक लिलामीमा राख्थ्यो, गोटा तीनदेखि दस रुपैयाँसम्ममा। मैले लिलामीमा राखिएका धेरै न्युयोर्कर, स्मिथसोनियन, एटलान्टिक, न्युयोर्क रिभ्यु अफ बुक्स तथा लन्डन रिभ्यु अफ बुक्स लिएर आएको छु। ती अहिले मेरा संकलनका खजाना भएका छन्। त्यस हिसाबले मेरो चारित्रिक निर्माणमा एवन पुस्तकालयको पनि योगदान ठूलै छ। बरु म पो ठूलो हुन सकिनँ त।
२०६५ देखि पुस्तकालयसँगको मेरो संगत पातलियो। अहिले घरमै आफूलाई चाहिने पुस्तकहरुको संकलन छ। पुस्तक छन्, तर पढ्ने समय कम–कम हुँदै गएको छ। संस्थाहरुको प्रतिवेदन र अध्ययन प्रतिवेदनले दराजका तखता भरिँदो छ। आख्यान पढ्न छाडेको धेरै भइसक्यो।
आफ्नो रुचिको पुस्तक घट्दै गएर छोराछोरीको रुचिको पुस्तकको संख्या बढ्दै गइरहेको छ। अचेल त मिलेसम्म बालसाहित्य पढ्छु। ती पढ्दाको रमाइलो वर्णनातीत छ।
हाम्रो पालामा बालसाहित्य प्रवद्र्धन गर्ने संस्था थिएनन्। अहिले रुम टु रिड, बालसाहित्य केन्द्र, बाल संसार, रातो बंगला, रत्न पुस्तक, एकता, वि रिड, मेला बुक्सलगायत धेरै संस्थाले राम्रा राम्रा बालसाहित्य प्रकाशन तथा प्रवर्धन गर्दै आइरहेका छन्। यी संस्थागत प्रयासलाई दह्रो सरकारी आड भयो भने तिनले ठूलो परिवर्तन ल्याउन सक्छन्।
मासिक ४० हजार कमाउने आमाबुबाले गाँस काटेर भए पनि महिनाको एउटा मात्र नयाँ किताब किन्दिने हो भने पछि बालबालिका आफैंले पुस्तकालय खोज्न थाल्नेछन्।
भनिन्छ ८० प्रतिशत चिनियाँ प्रत्येक दिन कम्तीमा आधा घण्टा पढ्छन् र ५० प्रतिशतले वर्षमा कम्तीमा १० वटा पुस्तक पढ्छन्। साथै चीनले केही वर्षअघि १५ हजार विदेशी पुस्तक बिक्रीवितरणको अधिकार लिएको थियो। त्यस्तै, दोस्रो विश्वयुद्धमा पराजित भएपछि जापानले ५० हजार विदेशी शीर्षकलाई जापानी भाषामा अनुवाद गराएको थियो।
राष्ट्र बलियो बनाउन सबल नागरिक चाहिन्छ। सबल नागरिक बनाउन पढेको पुस्ता चाहिन्छ। पढेको पुस्ता बनाउन धेरैभन्दा धेरै बालबालिकालाई पढ्ने बानी लगाउनुपर्छ।
अहिले हामी बालबालिकालाई प्रविधिले खायो भन्छौं। नेटले खत्तम गर्यो भन्छौं। तर हामीले तिनलाई विकल्पमा बानी लगाउने प्रयास गरेकै छैनौं। जबसम्म विकल्पमा बानी लगाउन सक्दैनौं तबसम्म सजिलो र विकृत कुराले खाँदै जाने हो।
सबैले नसकौंला तर मासिक ४० हजार कमाउने आमाबुबाले गाँस काटेर भए पनि महिनाको एउटा मात्र नयाँ किताब किन्दिने हो भने पछि बालबालिका आफैंले पुस्तकालय खोज्न थाल्नेछन्। आखिर पढ्ने बानी लागेर कहिल्यै कसैलाई घाटा लागेको छ र?