शनिबार, साउन ३०, २०८३

के भयो ओली-प्रचण्ड भेटवार्तामा ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच सोमबार भेटवार्ता भएको हो । 

अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको थियो । पार्टी एकिकरण र सरकारका विषयमा पनि छलफल भएको बताइएको छ । 

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका थिए ।   
    
प्रेस सल्लाहकार सापकोटाले भने,“प्रधानमन्त्री अजरबैजानबाट  फर्किएपछि दुई अध्यक्षबीच हिजै भेटघाट हुने कुरा थियो, हिजो समय नमिलेपछि आज भेटघाट भएको हो । भेटमा प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रम भन्दा अन्य कुनै पनि विषयमा छलफल भएको छैन ।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।