जनकपुर - पेट्रोल पम्प संचालक मनोज साहको हत्या भएको विरोधमा आज जनकपुरका सम्पूर्ण पेट्रोल पम्पहरु बन्द गरिने भएको छ। पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरले आफ्ना सदस्य साहको हत्या विरोधमा जनकपुरभित्रका सम्पूर्ण पेट्रोल पम्प बन्द गर्ने जनाएको हो। यस्तै आजै प्रदेश २ का अन्य जिल्लाहरुमासमेत २ घण्टा पेट्रोल पम्प बन्द रहने छन्।
डिजल वापतको रकम माग्न जाँदा बुधबार जनकपुरधाम १४ मुजेलिया निवासी पंकज चौधरीले गोली प्रहार गरी साहको हत्या गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४