शनिबार, साउन ३०, २०८३

पूर्वसभासद कमला सुवेदीको निधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ। तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो।

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ। सुवेदीको पार्थिव शरीरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए। उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए।

रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका-१ घर भएकी सुवेदी रामेछाप-काठमाडौं सम्पर्क समितिको संयोजकसमेत बनेकी थिइन्। उनका श्रीमान्, एक छोरी, एक छोरा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।