शनिबार, साउन ३०, २०८३

बसमा लुटपाट मच्चाउने समूह पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - यात्रुवाहक बसमा लुटेको रकम ढुंगामूनी लुकाउने तीन जनालाई मंगलबार कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

महेन्द्रनगरबाट कोहलपुर आउँदै गरेको ना ६ ख ९३५६ नम्बरको यात्रुबसमा लुटपाट गरेको आरोपमा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।

‘यात्रु लुटिएको जानकारी पाउने वित्तिकै हामीले सर्च गरेर लुटेराहरुलाई पक्राउ गर्न सफल भएका हौं’, उनले भने, ‘यात्रुको लुटेको पैसा उनीहरुले बीच बाटोमा नै लुकाएको पाइयो।’ भारतबाट कमाएर फर्किएका जाजरकोटका २६ जनाको समूहले महेन्द्रनगरदेखि कोहलपुरसम्म उक्त बस रिजर्व गरेर ल्याएको थियो। सोही क्रममा जाजरकोट कुशे गाउँपालिका ५ का ६५ वर्षीय नर बहादुर सुनारको गोजी काटेर उनीहरुले ४६ हजार ५ सय भारतीय रुपैयाँ लुटेका थिए।

‘यात्रुहरुले लुटिएको खबर समयमा नै हामीलाई दिएकोले चोरी गर्ने समूहलाई पक्राउ गर्न सफल भयौं’, प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘आफ्नो घर वरपर पनी कुनै घटना भए तत्काल प्रहरीलाई खबर गर्न सबैलाई आग्रह गर्दछु।’

उनीहरुले कोहलपुर आइपुग्नु भन्दा अघि नै पैसा लुटेर लम्की चुहा नगरपालिकाको बलचौर भन्ने ठाउँमा पिसाब फेर्ने बहानामा ढुंगामूनी रकम लुकाइसकेका थिए।

कोहलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा वेलकोट गाउँपालिका १ कञ्चनपुरका नरेन्द्र खत्री, भुवन वडाल र भिमदत्त नगरपालिका ४ का राजेश थापा रहेका छन्।
उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय चिसापानी कैलालीलाई बुझाइएको कोहलपुर प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।