काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले विद्यालाई सर्वसम्मत रुपमा नै सिफारिस गरिएको जानकारी दिए।
भट्टराई स्व. रविन्द्र अधिकारीकी धर्मपत्नीसमेत हुन्। पर्यटनमन्त्रीमा बहाल रहँदै गर्दा गत फागुन १५ गते रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो। उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ।
भट्टराईसँगै कास्की उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्ने नेकपा दोस्रो पार्टी बनेको छ। गत बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार घोषणा गरेको थियो। कांग्रेसले भने गत मंगलबार १६ जनाको नाम केन्द्रमा सिफारिस गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४